चोखो माया मीठो बोली व्यवहार गरिदिन्छु !!
हाँसी खुसी सयौँ जूनी प्यार गरिदिन्छु !!
गर गहना सुन चाँदि के नै हो र हिरा मोती,
रत्तिभर सिन्दुर नै उपहार गरिदिन्छु !!
डोली लिई आएर यहि मङ्सीर महिनामा,
सधै तिम्रो जीन्दगीमा अधिकार गरिदिन्छु !!

हुन्छ भने मिलन हाम्रो पक्कै यहि जन्ममा,
विरोधी ति परिवार तिरस्कार गरिदिन्छु !!

0 comments:

Post a Comment