Muktak

झुल्किएर डुबी जाने घाम जिन्दगी...
संघर्षको अर्को एउटा नाम जिन्दगी...
सुख दुःख समयको खेल सम्झिएर,
मै पनि त बाँचुला नी आम जिन्दगी...
>>>>>>>>>>>>>>>>>>>>>>



लैजाऊ स्वप्निल सगरको चन्द्रमा तिमीलाई भो...
मेरो हृदय मञ्जिल भरको उपमा तिमीलाई भो...
स्निग्ध जूनेली स्पर्श लिएर रात मुस्कुराउँदा,
झिलमिल प्रेमिल शहरको लालिमा तिमीलाई भो...
>>>>>>>>>>>>>>>>>>>>>>>>>>



हिमालझै हाँसिरहनु तिमीलाई मुस्कान सुहाउँछ...
सजाई राख्नु सँधै शिरमा स्वाभिमान सुहाउँछ...
मरेर लानु के नै छ र यो एकबारको जिन्दगीमा,
बेचेर कहिल्यै नखानु मान्छेलाई ईमान सुहाउँछ...
>>>>>>>>>>>>>>>>>>>>>>>>>>

1 comment: