Wednesday, August 19, 2015

मलाई लाग्थ्यो मेरो यो नजर छ बेईमान,Nepali Gajal,Shayari


मलाई लाग्थ्यो मेरो यो,नजर छ बेईमान
जता गएनि तिमी पाउने,सफर छ बेईमान


आफुलाई जसोतसो,रोक्न सफल भए पनि
तिम्रै नाम जपिरहने,अधर छ बेईमान


भाग्य लेखा कस्तो छ,थाहा नभएनि
तिमी मात्र मेरी भन्ने,ठहर छ बेईमान


एकोहोरै प्रेममा,भौंतारिनु परे पनि
मात्र उनैको भई बांच्ने,रहर छ बेईमान


प्रेम अनि यूद्धमा,सबै कुरा जायज हुँदा
उनकै प्रेम सुगन्ध दिने,प्रहर छ बेईमान



0 comments:

Post a Comment