Thursday, August 20, 2015

महशुस गर तिम्रो रगतमै छु,Nepali Gajal,Shayari


नहेर त्यो आकाश जगतमै छु म
महशुस गर तिम्रो रगतमै छु म


बेवास्ता गर्यौ त्यति बेला मलाई
पल्टाउ पाना तिम्रा बिगतमै छु म


म आफै प्रेमभक्त प्रेम प्राप्त गर्न
सहिनै किन चाहियो गलतमै छु म


प्रेमले अन्धो पार्यो अन्धकारमै घुम्छु
कामै नलाग्ने बेकारको फगतमै छु म


साँच्चै यदि तिमी बदलेकै हो भने



पर नजर नडुलाऊ निकतमै छु म 

0 comments:

Post a Comment