Monday, September 21, 2015

प्रेम भन्छौ बच्चा जस्तो नाटक कती गर्छौ,Nepali Gajal,Shayari


घरी टोक्छौ घरी बोक्छौ चकचक कती गर्छौ !
प्रेम भन्छौ बच्चा जस्तो नाटक कती गर्छौ !!


देखेकाछौ मैले दिलमा ताल्चा मारी बसेकोछु,
दैलो अघी सधैं जसो ढकढक कती गर्छौ !!


बिचार गर्नु प्रेम कहिल्यै हल्ला गर्ने चिज हैन,
दुनियाँ माझ मेरै बारे बैठक कती गर्छौ !!


बोलाउनेछु कुनै दिन तिम्रो अभाब खड्क्यो भने,
पटक पटक मुर्दालाई झै झकझक कती गर्छौ !!



0 comments:

Post a Comment