Wednesday, October 28, 2015

राम्री लाग्यौ तिमी मन पराएँ त के भो,Nepali Gajal,Shayari


राम्री लाग्यौ तिमी, मन पराएँ त के भो ?
हुन्नौ आफनो भनी, भन्न डराएँ त के भो ?


मनमा माया हुँदा, मुखले कीन बोल्नु ?
कल्पनामै यतै कतै, हराएँ त के भो ?


मुखले छैनौ भने पनि,मनमा थियौ
सपनीमा राती, बरबराए त के भो ?


जीत्ने खुसी,हार्ने दुखी,मजा लुट्ने अरु
मायालाई खेल झै, गराएँ त के भो ?


मुटुमा ढुङगा राखी, जाल झेल त्यो गरे
आँखाबाट आज, आँसु झराए त के भो ?



0 comments:

Post a Comment