लेख्दै छु गजलमा याद सम्झिएर,
तिमी संग बिताएका रात सम्झिएर....
सम्झनामा पल पल तिमीलाई पाउदा,
खाको संगै कसमका बात सम्झिएर....
संगै मिलि मेला जादा तिमी र म सँगै,
समाएर कोमल तिम्रा हात सम्झिएर....
रमाएर पिरतीमा हर'पल संग संगै,
पागल भाछु पिरतीको मात सम्झिएर....
0 comments:
Post a Comment