Friday, October 16, 2015

Nepali Gajal- Dukhera Runxa Man Yakaantama

Nepali Gajal

दुइ दिन भयो दुखेर मन रुन्छु एक्लै एकान्तमा……!!
आँशुले नै सारा शरीर धुन्छु एक्लै एकान्तमा…….!!


छैन आराम घायल मुटू धड्कीदैछ सुस्त सुस्त……!!
वियोगान्त गित मात्रै सुन्छु एक्लै एकान्तमा…….!!


कोही कसैले भन्दा होलान् पिरतीले बौलाएछ……!!
पागल हैन मन बुझाउँन हुन्छु एक्लै एकान्तमा…….!!


टुक्रीएको आत्मा भित्र फाटेका यि इच्छाहरु……!!
एकएक चोइटा संगालेर तुन्छु एक्लै एकान्तमा…….!!


आखिरी यो साश सम्म वोलाउँदिन अरुलाई……!!
केवल तिम्रो हुने रहर बुन्छु एक्लै एकान्तमा.....!!

0 comments:

Post a Comment