Wednesday, November 18, 2015

तिम्रो कारण मेरो जिउँदै लास ढल्यो,Nepali Gajal,Shayari


तिम्रो कारण मेरो जिउँदै लास ढल्यो !
धोका दियौ पिउँदा पिउँदै सास ढल्यो !

उभ्याएथें प्रेम महल छाती भित्र मैले !
भताभिंग पारी दियौ बाँच्ने आश ढल्यो !

संका लाग्थ्यो आफैमा तिम्रै भर थियो !
विस्वासको आज तेहि ठुलो रास ढल्यो !

आउली भनी ओछ्याएँ आँखा बाटो भरी !
प्रतिक्षामै वसंतको फुल्ने मास ढल्यो !

तिम्रा लागी के गरिन बाँकी के रह्यो र !
सक्दिन म अब सोच तिम्रो दास ढल्यो !

0 comments:

Post a Comment