Tuesday, November 10, 2015

नक्कलीको कर्के नजर,Nepali Gajal,Shayari


नक्कलीले कर्के नजर हानेर पो मार्यो...


हजारमा आज मलाई छानेर पो मार्यो...



स्वास फेर्नलौनहम्मे हम्मे भयो गाठे,

जबर्जस्ती अंगालोमा बाधेर पो मार्यो...


तातो तातो श्वास मलाई हप हपी भयो,

लाजैमर्ने काम उस्ले गरेर पो पार्यो...


बिताएका सबै अतित सझी ल्याउदा त,

आँखाबाट अश्रु भेल झरेर पो मार्यो...


बैगुनीले स्वार्थ लुटि आज एक्लै पारी,

हात समाई अर्कै खोला तातेर पो मार्यो...


नक्कलीले कर्के नजरहानेर पो मार्यो...

हजारमा आज मलाई छानेर पो मार्यो...




0 comments:

Post a Comment