Sunday, March 13, 2016

Nepali Gajal- Bhatkayara Mero Sorga


Nepali Gajal


भत्काएर मेरो स्वर्ग तिम्रो धर्ती टेक्नु छैन अब,


खोपीखोपी तिम्रो दिलमा मेरो नाउँ लेख्नु छैन अब,



जून हुँ म आफै उज्यालो छु चाहिदैंन तिम्रो प्रकाश,


जाउ बरु यहाँबाट कालो रात देख्नु छैन अब,


जन्मे एक्लै मर्छु एक्लै संसारको नियम हो यो आखिर,

दु:ख दर्द जे पर्छ सहन्छु केहि छेक्नु छैन अब,

चिसो मुटु चिसो सम्बन्ध हामी बीच रहेपछि

चिसिएको उस्तै हाम्रो नाता भैगो सेक्नु छैन अब........



0 comments:

Post a Comment